सुर्खेत, असार १९ । सुर्खेतमा शुक्रवार (आज) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो ।

कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रवारदेखि पसलहरु खुला गर्ने समय तथा सवारीसाधन स ञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।


कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन पाङ्ग्रे सवारी साधन अर्थात अटो सञ्चालनलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोकथामका लागि कोरोना भाइरसको संक्रमण रोकथामका लागि जोर– विजोर प्रणालीलाई यथावत राख्दै तीन पाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै, होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु होमप्याक बाहेक, सैलुन तथा व्युटी पार्लर पनि पूर्णरुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार फलफुल, तरकारी, दुध, औषधी पसललगायतका अत्यावश्यक सेवा बाहेकका पसलहरु विहान सात बजेदेखि साँझ पाँच बजेसम्म मात्र खुल्ला गर्न पाइने भएको छ । अत्यावश्यक सेवा पसलहरु भने हप्तामा एक दिन अर्थात शनिबार पूर्णरुपमा बन्द गर्नुपर्ने छ ।

यो हेर्नुभयो त ?
https://www.youtube.com/watch?v=O0Ieh-iagWg

 

शुक्रबार, आषाढ १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४