सुर्खेत, असार १५ । बाली नष्ट गर्ने सलह किरा कर्णाली प्रदेशमा नियन्त्रणका लागी सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ । सलह किरा शनिबार नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ । मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुले बताएको भन्दै खेतीबाली बचाउन ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए ।

कर्णालीमा अहिलेसम्म सलह प्रवेश गरेको सूचना छैन । हावाको गतिसँगै सलह प्रवेश गर्नसक्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयका कृषि अर्थ विज्ञ पण्डितका अनुसार सलहले एकपटकमा २०० किलोमिटर यात्रा गर्न सक्छ । सयौँको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा भए पनि यसले लगाएको बाली सखाप पारिदिन्छ ।

कृषि विकास निर्देशनालयले सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडी तयारी अवस्थामा राख्ने भएको छ । किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी सङ्घ सुर्खेतले विषादी तयारी अवस्थामा राख्नेछ भने निर्देशनालयको नेतृत्वमा कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्था, सहकारी, कृषि फर्मले पावर स्प्रे र गाडीको व्यवस्थापन गर्नेछन् ।

एकीकृत कृषि प्रयोगशालाको समन्वयमा सुर्खेतका नौवटै स्थानीय तहसँग समन्वय गरी किरा व्यवस्थापनसम्बन्धी माइकिङलगायतका प्रचारप्रसारका क्रियाकलाप गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकुने तथा किसान–२ परियोजनाले लेकवेशी, गुर्भाकोट, पञ्चपुरी, वीरेन्द्रनगरका किसानलाई सलह धपाउन जनचेतना फैलाउनेछ । त्यस्तै कृषि अनुसन्धान केन्द्र दशरथपुरले लेकवेशी र गुर्भाकोट नगरपालिकालाई लक्षित गरी सञ्चारमाध्यममा प्राविधिक सूचना तयारी उपलब्ध गराउनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला……………….

https://www.youtube.com/watch?v=WA4OWslHN9s&pbjreload=101

सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१