सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीे कर्णालीका कोरोना भाइरस कोभिड १९ को अतिप्रभावित जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन ।

कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले कडाइपूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कोरोनाको अतिप्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणमा जोड दिइने बताए ।

परीक्षणमा ढिलासुस्ती हुँदा नागरिकमा आक्रोश बढेको उनको भनाइ छ । ‘पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेको छ । यसमा विभिन्न कारण देखाएर पन्छिन मिल्दैन,’ उनले भने ।

प्रदेश अस्पत्तालमा रहेको पीसीआर मेसिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन दिदै मुख्यमन्त्री शाहीले मेसिन बिग्रीयो भनेर बस्ने होइन विकल्पको खोजी गर्नुपर्ने बताए ।

भारतबाट प्रदेश भित्रिने चाप घट्दो क्रममा रहेको बताउँदै उनले अब समुदायस्तरमा केन्द्रित हुनुपर्ने बताए । भारतबाट आउनेहरुको संख्या घटदै गएकोले जिल्लास्तरबाटै व्यवस्थापन गर्न सकिने बताउँदै क्वारेन्टिनलाई अब जिल्लास्तरमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीयस्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताए ।

जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने समितिले निर्णय गरेको छ ।

सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४