काठमाण्डौ, असार १४ । नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड १९ लाई जितेर तीन हजार १३ जना घर फर्किएका छन् ।

देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेको तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, नौ हजार सात सय ३१ जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

यता, देशभरमा आईतबार कोभिड १९ कोरोना भाईरसका चार सय ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा चार सय ६३ जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार सात सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । आजसम्म ११ हजार दुई सय ९८ जना पुरुष र एक हजार चार सय ७४ जना महिलामा सङ्क्रमण देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा चार हजार नौ सय ६२ गरी आजसम्म दुई लाख १५ हजार आठ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा दुई हजार सात सय ३२ गरी आजसम्म दुई लाख ९६ हजार सात सय ६६ जनाको परीक्षण भएको छ ।

नेपालमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म २८ जनाको ज्यान गएको छ ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४