काठमाडौं, असार १४ । भारतमा एकैदिन कोरोना भाइरस कोभिड १९ का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८ सय ५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५ सय ५८ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ७८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६४९ जनाको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा पनि अहिलेसम्म १६ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६२९ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि करिब नौ हजार संक्रमित भेटिँदा ५९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४