काठमाडौ, असार ११ । अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको सडक विरोधमा सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा उत्रिएको छ ।

जातको आधारमा भएको नरसंहारयुक्त घटनाको चौतर्फी विरोध गदै देश तथा विदेशबाट समेत विरोध गरिरहेका बेला घटना भएको एक महिनापछि सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन सडक आन्दोलनमा उत्रिएको हो ।

साना दल निकट र नागरिका सामाज र प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा एक महिनादेखि घटनाको विरोधमा उत्रिएका छन् । संयुक्त ब्यानरमा सडक संघर्षमा जुट्न नसकेको भातृसंगठनहरुले छुटाछुटै विरोधका कार्यक्रम सार्वजनिक गरी सडक संघर्ष उत्रिएका हुन् । कोणसभा बोल्दै उनीहरुले जातीय निहुँमा सामुहिक र सुनियोजि रुपमा विभत्स हत्याका दोषीहरलाई हदैसम्म कारबाही हुनु पर्ने माग गरे ।

जातका निहुँमा भएको यो क्रुरु मानवताविरोधी अपराधको देश तथा विदेशबाट दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै विरोधगदै देशव्यापी आन्दोलनमा भइरहेको छ । सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठनले घटनाका दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै रुकुम, रुपन्देही र धनुषा लगायतका जिल्लामा दलितमाथि भएको हत्या र विभेदका विरुद्ध काठमाडौंको बबरमहलदेखि नयाँ बानेश्वरसम्म र्याली गरी कोणसभा गरेका छन् । नेपाल दलित मुक्ति संगठन वागमति प्रदेश कमिटिको ब्यानरमा संगठनका केन्दीय सहसंयोजक बोमबहादुर विश्वकर्मासहित पूर्वमन्त्रीहरु दलजीत श्रीपाईली, जीतु गौतम र संगठनका नेता गणेश विश्वकर्मा कोणसभालाई सम्बोधन गरेका थिए ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४