जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखिएको अवस्थामा ३ थान एकनाले भरुवा बन्दुक बरामद भएका छन्।मिति २०८३ असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका बन्दुक फेला पारेको हो।प्रहरीका अनुसार बरामद गरिएका ३ थान बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।बरामद गरिएका बन्दुकहरू कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार, आश्विन १६, २०८३मा प्रकाशित गरिएको



