कांग्रेस वीरेन्द्रनगर ३ को वडा सभापतिमा हमाल

स्थानीय तहको उम्मेदवार सर्वसम्मत घोषणा

ज्वाला अपडेट

५ दिन अगाडि

सुर्खेत । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वीरेन्द्रनगर नगरपालिका ३ मा बालकृष्ण हमाल ‘चालिसे’ वडा सभापतिमा चयन भएका छन् । वडा अधिवेशनबाट हमाललाई सभापतिको जिम्मेवारी दिइएको हो ।

अधिवेशनले आगामी स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर ३ को वडा अध्यक्ष पदका लागि बालकृष्ण हमाल ‘चालिसे’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय समेत गरेको श्राेतले जनाइएको छ ।

सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका हमाललाई स्थानीय युवामाझ परिचित व्यक्तिका रूपमा लिइन्छ । समर्थक तथा स्थानीय कार्यकर्ताहरूले युवाका लागि रोजगारीका अवसर सिर्जना, गुणस्तरीय शिक्षा, धार्मिक तथा सांस्कृतिक संरक्षण, पर्यटन र खेलकुद क्षेत्रको विकासमा उनको सक्रियतालाई उल्लेखनीय योगदानका रूपमा प्रस्तुत गरेका छन् ।

विशेषगरी युवालाई स्थानीयस्तर मै अवसर र सहभागिता बढाउने विषयमा हमालले निरन्तर चासो राख्दै आएको उनका समर्थकहरूको भनाइ छ । सामाजिक सेवामा सक्रिय रहँदै आएका हमालको वडा नेतृत्वमा चयनसँगै वीरेन्द्रनगर ३ मा कांग्रेसको आगामी राजनीतिक तथा सामाजिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ ।

यसअघि वीरेन्द्रनगर ३ को अधिवेशन क्रियाशील सदस्यता विवादका कारण विवादमा परेको थियो । असन्तुष्ट पक्षले अधिवेशन स्थगित गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएको थियो । क्रियाशील सदस्यताको विषयमा करिब ४०२ जनाको नाम सूचीबाट हटाइएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिएको थियो ।

तर पछिल्लो अधिवेशनबाट हमाल वडा सभापतिमा चयन हुनुका साथै आगामी स्थानीय तह निर्वाचनका लागि वडा अध्यक्षको उम्मेदवारका रूपमा सर्वसम्मत घोषणा गरिएको जनाइएको छ ।

युवा सहभागिता, सामाजिक सेवा र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका हमालका लागि वडा सभापतिको जिम्मेवारीसँगै आगामी स्थानीय निर्वाचनको उम्मेदवारीको घोषणा राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

आइतबार, आश्विन ०४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१