पाथिभरा माता पुर्पक्षका लागि थुनामा

भिडियो खिच्नेलाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

ज्वाला अपडेट

१ घन्टा अगाडि

सुर्खेत । आफूलाई पाथिभरा माता भनेर चिनाउने सुर्खेतका वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ

न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।

झारफुक तथा हेराई–मनाई गर्ने बहानामा महिलामाथि अमानवीय दुर्व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले थापालाई साउन १३ गते वीरेन्द्रनगर–३, एरिचोकबाट पक्राउ गरेको थियो ।

थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको थियो । थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न र भिडियो खिच्ने व्यक्तिलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले धामी झाँक्री वा झारफुकको नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्न निषेध गरेको छ । संहिताको दफा १६८ अनुसार झाँक्री वा झारफुकको बहानामा कसैलाई अमानवीय वा अपमानजनक व्यवहार गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

साथै, पीडितलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराउन सकिने कानुनी प्रावधानसमेत छ। त्यस्तै, झारफुकका नाममा हातपात, गालीगलौज वा अभद्र व्यवहार गरेको पुष्टि भएमा कुटपिट तथा सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी थप कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।

मंगलबार, भाद्र ०९, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१