काठमाडौं नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौं– १० स्थित पुरानो संसद भवननजिकै ड्युटीमा रहेकी महिला प्रहरी कर्मचारीमाथि ती युवकले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायत रहेका छन् । ड्युटीमा रहेकी प्रहरी कर्मचारीमाथि आक्रमण गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सडक सचेतना अभियानअन्तर्गत जथाभावी बाटो काट्ने पैदलयात्रीलाई आकाशे पुलको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको थियो । सोही क्रममा एक कठायतले ट्राफिक प्रहरीमाथि हातपात गरेको प्रहरीले जनाएको छ
मंगलबार, भाद्र ०९, २०८३मा प्रकाशित गरिएको



