सुर्खेत प्रहरीको तीनमहिने प्रगति १४७ मुद्दा दर्ता, १०८ पक्राउ

ट्राफिक कारबाहीबाट ४५ लाख ९५ हजार राजस्व

ज्वाला अपडेट

१ घन्टा अगाडि

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तीन महनिामा १ सय ४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जेड ८ गते देखि भदौं ८ गतेसम्मको तथ्यांक अनुसार ७४ वटा फछ्र्योट भएका छन् भने ७३ वटा मुद्दा बाँकी छन् । घटनामा संलग्न १०८ जना पक्राउ परेका छन् भने ५३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो अवधिमा २७ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर तथा विभिन्न औषधिजन्य पदार्थका ५ सय १८ ट्याब्लेट बरामद गरेको जनाएको छ । साइबर सेलमा विद्युतीय ठगी, फेसबुक ह्याक तथा मोबाइल चोरी वा हराएको सम्बन्धमा पनि उजुरी दर्ता भएका छन् ।

यस्तै, अवैध गतिविधि नियन्त्रणका क्रममा ९ थान भरुवा बन्दुक, ७५ लिटर घरेलु मदिरा र २५ किलो औषधिजन्य सामग्री बरामद गरिएको छ । साथै, २.५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको छ । भन्सार छलीका क्रममा १९ लाख ९८ हजार २४८ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारीअन्तर्गत २ सय ६५ वटा कार्यक्रम सञ्चालन गरी ८ हजार ५ सय ७३ जना लाभान्वित भएका छन् । जिल्लाभर दैनिक ६ सय ६८ जना प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन र नागरिक सचेतनालाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

यसैविच, ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ९ सय ३७ सवारीसाधन माथि कारबाही गरी ४५ लाख ९५ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । तीन महिनाको अवधिमा १ सय ७२ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु र १ सय १८ जना घाइते भएका छन् । प्रहरीले १ हजार २३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ९६ हजार ५ सय १९ जना लाभान्वित भएको जनाएको छ ।

मंगलबार, भाद्र ०९, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१