काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस,मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन,नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको छ ।

अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने प्रहरीले साँचो प्रयोग गरेर चलाएर लगेको छ । उक्त गाडीहरू कसले र के प्रयोजनका लागि राखेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच सञ्चारगृह बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधन भेटिएपछि नेपाल पत्रकार महासंघले सञ्चारगृहमा पुगेर छलफल गरेको छ ।

मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजनमा पुगेका महासघका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम र पत्रकारलाई त्रसित गराउने मनसायबाट भएको घटनाको छानविन हुनुपर्ने बताइन्। राज्यले नै सञ्चारमाध्यमलाई अंकुश लाउने काम गरेको उनले आरोप लगाइन्।

सोमबार, आषाढ २९, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१