सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–११ सुब्बाकुना निवासी लालबहादुर ठाडा मगरका करिब २० वर्षीय छोरा मनोज ठाडा मगर रहेका छन्। बुधबार राति करिब ९ बजे झुप्राखोलामा पौडी खेल्ने क्रममा उनी पानीमा डुबेका थिए।
गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि उनका बुवाले राति ११:४५ बजे कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्‍याएका थिए। तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे अस्पतालमा खटिएका प्रहरी हवल्दार कृष्ण थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक अनिलकुमार शाहीको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

बिहिबार, आषाढ ०४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१