सुर्खेत, असार ७ । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा ५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो ।

क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन् । उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए ।

पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको र पिसिआर रिपोर्ट आएपछि मात्र उनको दाहसंस्कार गरिने उपमेयर ढकालले बताइन् ।

आइतबार, आषाढ ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१