काठमाणडाैं । निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएको जनाएको छ । आयोगले बुधबार सूचना जारी गर्दै ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएको जानकारी दिएको हो ।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको बेला उनीहरूले सम्वन्धित दल परित्याग गरेपछि उनीहरू पदमुक्त भएका हुन् । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरूलाई पदमुक्त गरिएको जनाएको छ ।
पदमुक्त हुनेमा ओखलढुंगाको मोलुङ गाउँपालिकाका दुई, चम्पादेवी गाउँपालिकाका १, पाल्पा, ललितपुर, मोरङ र दाङका विभिन्न स्थानीय तहका वडामा निर्वाचित हुने एकएक जना वडाध्यक्ष छन् ।
सूची हेर्नुहोस्




