सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्ला अधिवेशनमा सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदमा सर्वसम्मति कायम गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया सुरु भएको छ ।
नेतृत्व चयनका लागि लामो समयसम्म सहमतिको प्रयास गरिए पनि उम्मेदवारहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत पदाधिकारी तथा सदस्य चयन गर्न लागिएको हो ।
निर्वाचन समितिका अनुसार सम्बन्धित पदहरूमा मतदान जारी रहेको छ भने मतपरिणाम मतदान सम्पन्न भएपछि सार्वजनिक गरिनेछ । जिल्ला नेतृत्व चयनका लागि कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको बताइएको छ।
सोमबार, जेठ २५, २०८३मा प्रकाशित गरिएको



