सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरिएको छ । नेविसंघ कर्णालीका अध्यक्ष रोशन बस्नेत ले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि सरकारी तथा सार्वजनिक निकायमा पारिश्रमिकसहितको प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप, कृत्रिम बुद्धिमत्ता तथा रोबोटिक्स क्लबजस्ता क्षेत्रमा बजेट सुनिश्चित गर्नुपर्ने, विद्यालयस्तरको दिवा खाजा कार्यक्रमको विस्तार तथा गुणस्तर सुधार गर्नुपर्ने र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा संघले जोड दिएको छ ।

नेविसंघले विद्यार्थी तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटी प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ ।

शुक्रबार, जेठ २२, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१