सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्ने बताएका छन् । सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले तत्कालीन अवस्थामा कांग्रेस(एमालेविच भएको गठबन्धनको सहमत्ति अनुसार कर्णालीमा अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

यहाँ ०८१ साउनदेखि कांग्रेसको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । ुअब हामीले नेतृत्व गर्ने बेला आएको छ, थापाले भने ।

कांग्रेस प्रदेश कमिटीले पनि यसअघि नै सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरिसकेको छ । तर संसदीय दलका नेता जीवनबहादर शाहीले त्यसबारे खासै अग्रसरता देखाएका छैनन् । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, नपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी गरि चार दलको उपस्थिति रहेको छ ।

प्रत्यक्षतर्फ २४ समानुपातिकतर्फ १६ सहित ४० सांसद रहेको कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस ठुलो दल छ । काग्रेससँग १५ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग १४ र एमालेसँग १० सिट र राप्रपासँग १ सिट छ । यहाँ बहुमतका लागि २१ सिठको आवश्यकता पर्छ । जसका लागि कांग्रेसले नेकपा वा एमालेसँग मिलेर सरकार बनाउन सक्छ ।

नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र मंगलवार कर्णाली प्रदेशस्तरीय भेला भइरहेको छ। विशेष महाधिवेशन पछि वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीयतह केन्द्रित भेलामा कांग्रेस सभापति गगनकुमार थापा उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो । पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना गरिएको भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको जनचासाे दैनिकमा समाचार प्रकाशित छ ।

मंगलबार, बैशाख २९, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१