दैलेख । नारायण नगरपालिका दैलेखमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सशक्त महिला समृद्ध नेपालको आर्थिक सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको दैलेख जिल्लाको नारायण नगरपालिकामा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सशक्त महिला समृद्ध नेपाल सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजना अन्र्तगत नारायण नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा सामुदायिक सुरक्षा जालोका ६१ जनाको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वस्ती स्तरका योजना तजुमा प्रक्रियामा सामुदायिक सुरक्षा जालोका सदस्यहरुलाई समावेश गराउने, महिला लक्षित रकम विनियोजन तथा कार्यान्वयन, लैंगिक उत्तरदायि न्यायमा पहुच लैगिक हिसा निवारण कोष वारेमा समुदाय स्तरमा जानकारी, एकद्धार सकट व्यवस्थापन प्रणालीको पिडितको सहज न्यायमा पहुँच, स्वास्थ्य विमा सेवाग्राहिहरुलाई सहज सेवा उपलब्ध जस्ता विवीध विषयहरुमा प्रतिवद्धताहरु गरीएको थियो ।

उक्त कार्यक्रममा जवाफदेहि वक्ताको रुपमा नारायण नगरपालिका उपप्रमुख तप्ता कुमारी थापा, महिला वालवालिका तथा जेष्ठ नागरीक सहायता केन्द्रको प्रहरी सहायक निरीक्षक पार्वता खडका, गैर सरकारी संस्था महासंघका अध्यक्ष डिल कुमारी चन्द, महिला वालवालिका शाखाको सहायक पार्वता वोगटी, सिएमसी कल्पना नेपाल र महिला शसक्तिकरण मञ्च नेपालको कार्यकारी निर्देशक लक्ष्मी जि.सी रहेका थिए ।
कार्यक्रमको सहजिकरण गैर सरकारी सस्था महासघका कर्णाली प्रदेशको कोषाध्यक्ष सिपि शर्माले गरेका थिए भने टेवाबाट राधिका परियार पनि सहभागिता रहेको थियो ।

बिहिबार, बैशाख १०, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१