सुर्खेत । फागुन महिनामा ट्राफिक प्रहरीले सडक सुरक्षा ट्राफिक नियम कार्यान्वयन तथा जनचेतनामूलक कार्यक्रमलाई सक्रिय रूपमा सञ्चालन गरेको छ । एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा ७६ वटा सवारी साधन संलग्न रहेका जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले बताएका छन् ।

दुर्घटनामा परि ३ पुरुष र १ महिला गरी जम्मा ४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ५६ जना सामान्य घाइते र २७ जना गम्भीर घाइते भएका छन् भने ८३ जनाको उद्धार गरिएको छ । दुर्घटनाका प्रमुख कारणहरू ट्राफिक नियम उल्लंघन, ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन, चालकको असक्षमता (बिना सवारी चालक अनुमतिपत्र), लापरवाही, जथाभावी बाटो काट्ने पैदलयात्री, यान्त्रिक गडबडी, ब्रेक फेल, टायर पन्चर, ओभरलोड, सडक तथा मौसमको अवस्था र चौपायाको कारण रहेका छन् ।

फागुन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६३७ सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट ५ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सवारी साधन अनुसार कारबाही गर्दा ट्रक तथा ट्याङ्कर ६७, बस तथा मिनिबस ४८, कार जिप भ्यान १०७, ट्याक्टर ३४, मोटरसाइकल २७५ र टेम्पो तथा अन्य १०६ सवारी साधनमाथि कारबाही गरिएको छ । यस अवधिमा ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी १०१ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको छ, जसमा ९ हजार ३३० जना सहभागी भएका छन् ।

कार्यक्रममा प्रहरी निरीक्षक २, प्रहरी सहायक निरीक्षक ४, प्रहरी वरिष्ठ हवल्दार ७, प्रहरी हवल्दार १९, प्रहरी सहायक हवल्दार ४२ र प्रहरी जवान २७ जना प्रशिक्षकको रूपमा सहभागी भएका थिए । चालकसँग १ मिनेट” कार्यक्रम ७७ पटक सञ्चालन गरिएको थियो जसबाट ६ हजार ६६३ जना चालक लाभान्वित भएका छन् ।


त्यस्तै पैदल यात्रु लक्षित ८ वटा कार्यक्रम सञ्चालन गरी ५१६ जना लाभान्वित भएका छन् भने संघसंस्थामा लक्षित १६ वटा कार्यक्रम मार्फत १ हजार ७५४ जना लाभान्वित भएका छन् । यसैगरी १८ हजार ५४३ जनालाई ट्राफिक नियमबारे सम्झाइ बुझाइ गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरू (मा.प.से., तीव्र गति लगायतका लागि ३ वटा सचेतना कक्षा सञ्चालन गरिएको थियो जसमा १२८ जना सहभागी भएका छन् ।

नियम विपरीत सवारी रूपान्तरण गर्ने विरुद्ध ५ सवारी नियन्त्रणमा लिइएका छन् भने २ सवारीलाई जरिवाना गरी ६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ र ५ सवारी यातायात कार्यालय पठाइएको छ । सवारी दुर्घटना पश्चात ५ घटनामा दुई पक्षबीच सहमति भएको छ भने ४५ घटनामा मिलापत्र भएको छ । मिलापत्र भएका मध्ये ४१ जनालाई जरिवाना गरिएको छ जसबाट ३५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यस्तै २७ वटा सवारी दुर्घटना प्रतिवेदन तयार गरिएको छ भने हराएका कागजातको प्रतिलिपिका लागि ४३ सिफारिस प्रदान गरिएको छ । फागुन महिनामा ८ घटना भएका छन् जसमा ४ वटा पत्ता लागेका छन् भने ४ घटनाको खोजतलास जारी रहेको छ । हराएका वा चोरी भएका सवारी साधन सम्बन्धी १४ निवेदन प्राप्त भएका छन् जसमा ६ सवारी फेला परेका छन् भने ८ सवारी अझै फेला पर्न बाँकी छन् ।

साथै वेवारिसे अवस्थामा १ बुलेट मोटरसाइकल फेला पारी ट्राफिक कार्यालयमा राखिएको छ । यस अवधिमा सवारी दुर्घटनाबाट २ वटा मुद्दा दर्ता भएका छन्, जसमा सवारी ज्यान सम्बन्धी २ मुद्दा रहेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउन ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन र सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

सोमबार, चैत्र ०२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८