ज्वाला अपडेट

५ घन्टा अगाडि

सुर्खेत । बलात्कारपछि हत्या गरिएकी वीरेन्द्रनगर नगरपालिका १ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्य नेतृत्वको टोलीले कर्णाली प्रदेश अस्पताल पुगेर इनिसाको शव परीक्षण गरेको थियो । परीक्षण प्रतिवेदनमा बलपूर्वक करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

घटना भएको एक सातासम्म पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । लामो समय बितिसक्दा पनि प्रहरीले विश्वस्त हुने आधार प्रस्तुत गर्न नसकेको उनीहरूको आरोप छ ।

इनिसा मृत्यु प्रकरणमा न्यायको माग गर्दै नागरिक समाज र अधिकारकर्मीहरूले संघीय राजधानी काठमाडौंसम्म आवाज उठाइरहेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

पोस्टमार्टम रिपोर्टमा बलपूर्वक शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ । घटनास्थलबाट पक्राउ परेका युवकले इनिसासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तस्रावका कारण अचेत भएको बयान दिएका छन् । उनले इनिसा अचेत भएर ढलेपछि आत्तिएर अन्य तीन जना साथीलाई फोन गरेर घटनास्थलमा बोलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको गहिरो अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग मिलेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार छुट्टै अनुसन्धान कक्ष स्थापना गरेर सीआईबीसँग समन्वयमा अनुसन्धान भइरहेको छ । इनिसाको भ्याजाइनल स्वाबलगायतका प्रमाणहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ । ती रिपोर्ट आएपछि मात्रै घटनाको वास्तविकता थप स्पष्ट हुने उनले बताए ।

आइतबार, चैत्र ०१, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८