सुर्खेत । नेकपा एमाले हुम्लाले दल रावलसहित तीन जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सम्भावित तीन उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

एमाले हुम्लाको बुधबार सदरमुकाम सिमकोटमा बसेको बैठकले दल रावलसहित दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो । तीन जनामध्ये रावल संसदीय अभ्यास गरेका र अनुभवी नेताका रुपमा चिनिन्छन् ।

कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका रावल एमालेका केन्द्रीय सदस्य छन् । उनी ०७४ मा प्रदेश सभा चुनाव जितेर प्रदेशको मन्त्री बनेका थिए ।

सिफारिस भएका अर्का उम्मेदवार दल फडेरा भने ०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उनी त्यसलगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि हार व्यहोरेका थिए । महिलातर्फ सौमती ऐडीको नाम पनि सिफारिस गरिएको छ ।‎

बिहिबार, पौष २४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१