सुर्खेत । नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा भएको छ । आइतबार वरिष्ठ पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट १५ सदस्यीय समिति घोषणा भएको हो ।

नवगठित कार्यसमितिको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन् । यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक चयन भएका छन् । समितिको महासचिव सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन् ।

सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक छन् । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता गरे । उनले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताए ।

प्रमुख अतिथि रहेका पत्रकार ऋषि धमलाले कर्णाली प्रदेशमा पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पु¥याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै युवा पत्रकारहरूलाई संगठित बनाउनु आजको आवश्यकता औल्याए ।

मंगलबार, पौष ०८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४