सुर्खेत, असार २ । कर्णाली प्रदेशमा मंगलबारसम्म एक हजार ८६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ३ सय ४२ जना घर फर्किएका छन् । कर्णालीमा भारतबाट आउने नागरिकको संख्या दिनप्रतिदिन बढेका कारण पनि संक्रमणको उच्च जोखिममा कर्णाली छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, सल्यान अस्पताल लगायतबाट हालसम्म ३ सय ४२ जना सक्रमितहरू निको भई घर फर्किएका हुन् ।

मंगलबार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १ सय २० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १ सय ९१ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । डा. तिवारीका अनुसार यसअघि विभिन्न समयमा गरी १सय ५१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखमा सङ्क्रमितको संख्या ६ सय ३४जना, सुर्खेतमा २ सय ३५, सल्यानमा १ सय ३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । अहिलेसम्म रुकुमपश्चिममा भने कोरोना संक्रमित भेटिएका छैनन् । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

मंगलबार, आषाढ ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४