सुर्खेत । कर्णाली डेण्टलका सञ्चालक सौगात सिंहको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते २९ वर्षीय सिंहको आज विहान प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो ।
भैरवी गाउँपालिका–५ दैलेख घर भएका सिंह वीरेन्द्रनगर–३ तातापानी बस्दै आएका थिए । उनले चलाएको कर्णाली प्रदेश ०२००१ प ४४२० नम्बरको मोटरसाइकल मंगलगढी–लाटीकोईली सडक खण्डामा यहीँ कार्तिक २ गते साँझ ८ः३० बजे दुर्घटना भएको थियो ।

वीरेन्द्रनगर ९ मा पर्ने सैनिक आवासिय विद्यालयको गेट नम्बर २ नजिकै सिंहले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख भावेश शाहीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते शाहीको प्रदेश अस्पतालहुँदै थप उपचारको लागि भारतको लखनउसम्म लगिएको थियो । टाउकोमा गम्भीर चोटका कारण लखनउबाट उनलाई नेपालगञ्ज न्यूरो अस्पतालहुँदै सुर्खेत ल्याइएको हो ।
उपचारकै क्रममा प्रदेश अस्पतालमा आज विहान ५ः३० बजे मत्यु भएको आफन्तले जानकारी दिएका छन् । सिंहको शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ ।
आइतबार, मंसिर ०१, २०८२मा प्रकाशित गरिएको



