सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा थुनुवाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

लागु औषध मुद्दाका थुनुवा, वीरेन्द्रनगर ११ पिपिरा निवासी गंगे वि.क. कार्तिक २१ गते शुक्रबार बिहान ६ बजे ओछ्यान मै बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस अवस्थामा फेला परेका उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि पीडित परिवारले आज दिनभर जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवेशद्वार अगाडि प्रदर्शन गरे ।

प्रदर्शन पछि मृतकका आफन्तसँग गरिएको छलफल तथा मागअनुसार निष्पक्ष रूपमा छानबिन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

छानबिन समितिमा प्रशासकीय अधिकृत सगै वीरेन्द्रनगर ११ का वडा अध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल कर्णालीका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश सचिव मालती बिश्वकर्मा र मृतकका परिवारको तर्फबाट गीता सुनार रहेको प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।

पाँच सदस्यीय छानबिन समितिले छानबिन कार्य अघि बढाई आवश्यक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नेछ ।

शुक्रबार, कार्तिक २२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८