ज्वाला अपडेट टीम

१० घन्टा अगाडि

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका सडकहरूमा रहेका खाल्डा खुल्डीहरु ट्राफिक प्रहरीले पुर्ने काम गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक रोहित शाहीको कमाण्डमा ट्राफिक प्रहरी टोलीले वीरेन्द्रनगर नपा १२ यअरपोर्टचोक देखि कालिञ्चोक सम्मको सडकमा भएका खाल्डा खुल्डी पुरिएको छ ।

लामो समयदेखि रहेका खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आफ्नै पहलमा सडक मर्मत अभियान सुरु गरेको हो ।

सडकमा सुरक्षित सवारी सञ्चालन सुनिश्चित गर्नु, दुर्घटना न्यून बनाउनु र सर्वसाधारणका दैनिक आवागमन सहज बनाउनु अभियानको उद्देश्य रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

प्रमुख शाहीले भने, “सडकका खाल्डा केवल असुविधा मात्र होइन, दुर्घटनाको प्रमुख कारण हुन् । हामीले जनसहभागितासँगै साना प्रयासबाट ठूलो सुधार ल्याउने लक्ष्य लिएका छौं,” आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

स्थानीय बासिन्दा र सवारी चालकहरूले यस अभियानको प्रशंसा गर्दै ट्राफिक कार्यालयको पहलले सुर्खेतका सडक सुधारमा नयाँ उदाहरण पेश गरेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला ट्राफिक कार्यालयले आगामी दिनमा सुर्खेतका अन्य सडक खण्डमा पनि क्रमिक रूपमा सुधार अभियान विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

मंगलबार, कार्तिक १९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४