काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दर्ता खुल्नासाथ हालसम्म ६ वटा रिट पेस भएका छन् ।

असोज २४ गतेको जेनजी प्रदर्शनका क्रममा अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक सबै काम अस्थायी रूपमा रोकिएको थियो ।

आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनहरू पनि लगातार दर्ता भइरहेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दर्ता भएका ६ वटा रिट निवेदनहरूको अध्ययन भइरहेको छ ।

असोज २६ गते प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको फूल कोर्टले आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

बुधबार, आश्विन २९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४