ज्वाला अपडेट

२ दिन अगाडि

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो। जेन–जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालयमै अल्पमतमा देखिएका छन् ।

सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा मै माग भएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा ९ जनाले आफ्नो धारणा राखेकोमा बहुमत सदस्यले पार्टी पुनर्गठन मात्र होइन ओलीको राजीनामा नै माग गरेका हुन् । आजको बैठकमा पनि बाँकी अधिकांश सदस्यले राजीनामा माग्ने तयारी गरेपछि ओली दबाबमा परेका छन् ।

केन्द्रीय समितिमा समेत ओलीकोले बहुमत गुमाउने जोखिम देखिएको छ । आजको सचिवालय बैठकमा तीन उप–महासचिव र ६ सचिवले राख्ने धारणाले एमालेको आगामी बाटो तय हुँदैछ ।

सच‍िवालय बैठकमा शीर्ष नेताहरु कित्ताकाटको अवस्थामा छन् । केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा सूचना तथा सञ्चार प्रविधिमन्त्री बनाएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ जेन–जी आन्दोलनपछि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।

बाँकी दुई उप–महासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीकै नेतृत्वको निरन्तरताको पक्षमा छन् । ज्ञवाली र रिमालले पार्टीमाथि चौतर्फी हमला भएका बेला नेतृत्व परिवर्तन गर्न नहुने मत राख्दै आएका छन् ।

७ सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्। बाँकी ६ सचिवमध्ये हालसम्म पद्मा अर्याल मात्रै ओलीको पक्षमा देखिएकी छन् ।

सचिवहरु योगेश भट्टराई र गोकर्ण विष्टले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। भट्टराई र विष्टले शीर्ष नेताहरुको सम्मानजनक बिदाइ गरी पार्टी पुनर्गठन गरेर चुनावमा जानुपर्ने मत राख्ने तयारी गरेका छन् ।

सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठ र छबिलाल विश्वकर्मा पनि ओलीको विकल्प खोज्नुपर्ने मत राख्ने तयारीमा छन् । यसअघि शुक्रबार झन्डै ७ घन्टा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जना उपाध्यक्ष र महासचिव शंकर पोखरेलले धारणा राखेका थिए ।

जसमा महासचिव पोखरेल र उपाध्यक्ष गुरु बरालले मात्र ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताएका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेल, रामबहादुर थापा र विष्णु पौडेलसहित ५ उपाध्यक्षले पार्टी पुनर्गठनको माग गरेका थिए ।

उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले त लिखित रुपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । उपाध्यक्ष ज्ञवालीले अध्यक्ष ओलीलाई स्वेच्छिक अवकासको घोषणा गर्न आग्रह गरेको बताएका छन् ।

शाक्यले भने एमाले चुनावमा जानुको विकल्प नरहेको भन्दै संसद् पूनर्स्थापनाको बहसमा लाग्न नहुने जिकिर गरिन् । बैठकमा सबैले बोलेको ध्यान दिएर सुनिरहेका ओलीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

वर्तमान सरकारको चर्को आलोचना गर्दै आएका ओलीले चुनावमा समेत पार्टीलाई सहभागी नगराउने संकेत दिइसकेका छन् । तर सचिवालयका अधिकांश सदस्य ओलीको विपक्षमा देखिएपछि २९ गतेदेखि हुने केन्द्रीय समिति बैठक सामना गर्न अप्ठेरो पर्ने देखिन्छ ।

आइतबार, आश्विन २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४