ज्वाला अपडेट

५ महिना अगाडि

सुर्खेत । सुनचाँदी कारोवार एवं नीति निर्देशकिा लगायत समसामयिक विषयक १ दिने संयुक्त कार्यशाला गोष्ठी शनिवार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजना देशव्यापि कार्यक्रम अनुसार कर्णाली प्रदेशको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न स्थानिय सुनचाँदी व्यवसायीहरुले सुनचाँदी कारोवार एवं निर्देशिका बनाएर व्यवसायलाई मर्यादिन तथा नियमन गर्नुपर्ने माग राखेका छन् । बैंकको एकहोरो सिन्डिकेटका विरुद्ध जाँदै व्यवसायी संघहरुले प्रदेश स्तरमा सुनको उपलब्धता हुनुपर्ने माग गर्दै व्यवसायीहरुले पान नं र करचुूक्ताका आधारमा ५० ग्राम देखी सुन बैंकले उपलब्ध गराउने, व्यवसायीक सुरक्षा लगातका विषयमा माग गरिएको सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष जनक सुनारले ज्वाला अपडेटलाई जानकारी दिए ।

त्यस्तै, ज्याला जर्तिमा समेत बजार अनुसार एकरुपता हुनु पर्ने र व्यवसाय नै धरापमा परेको गुनासो गर्दै स्थानिय व्यापारीले कारखाना र रिफाईनरी सेन्टरलाई नियमन गरिनुपर्ने सुझाव दिएका छन् ।

नेपाल सरकारले सुनचाँदी नीति तथा निर्देशिका बनाउन बेवास्ता गरेको भन्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका सचिव किशोर सेन्चुरीले जुनसुकै हालतमा पनि निर्देशिका बनाउन पहल गर्ने बचन दिएका छन् ।

राज्यले दिएका दुख कष्टलाई समाधान गर्ने तयारीका साथ लागेको सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष जनक सुनारले पेशालाई नयाँ व्यवस्थित र वैज्ञानिक तवरमा कानुनी एजेन्डाका रुपमा लैजान महासंघले महत्वपुर्ण भुमिका खेल्नपर्ने बताए ।

आइतबार, बैशाख २८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४