सुर्खेत । कर्णालीमा लागु औषध दुर्व्यसनी बढ्दै गएको भन्दै यसको न्युनिकरणको लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरुले प्रहरी प्रशासनको मात्रै प्रयास गरेर नहुने भन्दै सबै पक्षले हातेमालो गरेर जानुपर्नेमा जोड दिएका हुन् । लागु औषध दुर्व्यसन रोकथाम अभियान नेपालसँगको समन्वयमा नेपाल पत्रकार महासंघ सुर्खेतले बुधबार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यसमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी वीरेन्द्रबीर विश्वकर्माले अपराधनको प्रमुख कारण लागु औषद दुर्व्यसनी बनेको बताए । सुर्खेतमा चालु आर्थिक बर्षमा ७३ वटा लागु औषध सम्बन्धिका घटनामा १ सय १२ जना प्रकाउ परेको बताए । त्यसमा ७ जना महिला छन् भने अन्य पूरुषहरु रहेका छन् ।

सुर्खेतमा लागु औषधको दुर्व्यसनी बढ्दै गएको भन्दै दैनिक तिनजना पक्राउ पर्ने गरेको उनको भनाई छ । वीरेन्द्रनगरमा पनि सबैभन्दा बढी वडा नम्बर ४, १०, ११ र १२ दुर्व्यसनी बढेको जानकारी गराए । लागु औषध सेवन गर्ने मात्रै होइन यसमा संङ्लग्नहरु कानुनी दायरामा आउने भन्दै अहिले कर्णालीमा लागु औषध भारतबाट ल्याउने गरेको बताए । पछिल्लो समय पश्चिम सुर्खेतको कुइने नाकाबाट समेत यसको नीकासी भइरहेको देखिएको उनको भनाई छ ।

मेडिकल व्यवसायिहरुले पनि कानुन विपरीतको ट्रामाडोल बेचेको पाइएको भन्दै यसतर्फपनि अनुगमन गर्न आवश्यक रहेको उनले सुझाव दिए । अहिले यही मुद्धामामा दुइ जनालाई मुद्दा चलिरहेको छ ।

यस्तै, लागु औषध दुर्व्यसन रोकथामका अध्यक्ष बसन्तराज कुँवरले लागु औषध दुर्व्यसनी रोक्नको लागि आफुहरुले विगतदेखि नै काम गरेको भन्दै अब यसलाई सामाजिक मुद्धाका रुपमा लिनुपर्ने बताए । उनले अब स्थानीय सरकारले लागु औषध दुव्र्यसनी रोक्नको लागि योजना बनाउनुपर्ने सुझाव दिए । उनले स्थानीय सरकारले छुट्टै शाखा र हेल्पलाइन विस्तार गर्नुपर्ने भन्दै यस सम्बन्धिको समिति बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले लागु औषध दुर्व्यसनी रोक्न प्रहरी मात्रै भुमीका नहुने भन्दै यसमा सबै पक्षको भुमीका हुने बताए । पत्रकारहरुले यस सम्बन्धमा वहस पैरवी गर्नुपर्ने सुझाव दिँदै लागु औषध दुर्व्यसनीका कारण आम युवाहरुमा ठुलो क्षती पुगेको र यसले देश विकासमा समेत नकरात्मक असर पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले लागु औषध दुर्व्यसनी रोक्नको लागि पत्रकार महासंघले सचेतनासँगै अन्य भुमीका निर्वाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रम सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयका सचिव लगाययतको सहभागिता रहेको थियो ।

बुधबार, चैत्र १९, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957