सुर्खेत । हरेक सञ्चार माध्यमहरुमा लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति हुनुपर्ने कर्णालीका पत्रकार महिलाहरुले बताएका छन् । शनिबार सञ्चारिका समुहले आयोजना गरेको मिडियामा लैगिंक नीति तथा पत्रकार महिलाका सवाल कार्यक्रममा उनीहरुले यस्तो माग राखेका हुन् ।

कार्यक्रममा बोल्दै पत्रकार कोमल शाहीले आँफु विगत पन्ध्र वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय हुँदा पनि पत्रकार महिलाका लागि सहज हुने तरिकाले भने काम गर्न नपाएको बताइन् । उनले महिलालाई जिम्मेवारी दिन डराउने, समयमा पारिश्रमीक नपाउने तथा काम सकेर घरफर्कँदा समेत समस्या झेल्दा त्यसको सुरक्षाको ग्यारेण्टी मिडिया हाउसले लिन नचाहाने बताईन् ।

यस्तै पत्रकार प्रभा रावतले आँफुले छनौट गरेको विषयमा समाचार बनाउँदा सम्पादकहरुले खासै प्राथमिकता नदिने र आँफुहरुले भनेकै विषयमा मात्र राम्रो जस्तो व्यवहार गर्ने गरेको अनुभव सुनाईन् । उनले हरेक मिडिया हाउसमा जेसी नीति बनाएर कार्यान्वयन गर्दा पत्रकार महिलाहरुको पेशागत सुरक्षा हुने धारणा राखिन् ।

पत्रकार सिर्जना बुढाथोकीले काम गर्न सजिलो नभएपनि पेशामा टिकिराखेको बताउँदै मिडिया हाउस र अन्य संघसंस्थाहरुले फेलोशिप लगायतका कार्यक्रमहरुबाट पत्रकार महिलाहरुलाई प्रोत्साहन दिनुपर्ने धारणा राखिन् ।

पत्रकार गिता थापाले हरेक मिडिया लैगिंक मैत्री भएको खण्डमा पत्रकार महिलाहरु पेशाबाट पलायन हुनुनपर्ने धारणा राख्दै लैगिंक नीति बनाउने कुरामा सञ्चारिकाले समेत पहल गर्नुपर्ने बताईन् ।

पत्रकर रजनी योगीले क्षमता हुँदाहुँदै पनि संधै दाईपत्रकारहरुलाई सम्पादक मान्नुपर्ने बाध्यता भएको भन्दै सञ्चारिकाले क्षमता अभिबृद्धि र महिलाले सञ्चालन गरेका मिडिया हाउसलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा सहभागी अधिकाँश पत्रकारहरुले महिलालाई पेशामा टिकाई राख्नका लागि सरकार तथा अन्य सम्बद्ध निकायहरु समेत सचेत हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोबिन्द खत्रीले आँफुहरुले महासंघका तर्फबाट पत्रकार महिलाहरुलाई पेशामा टिकाई राख्नका लागि पहल गरिरहेको भन्दै आँफु स्टेशन म्यानेजर रहेको जागरण एफएम सुर्खेतमा भने सुत्केरी बिदा तथा बिरामी बिदाहरु लगायतका सुविधाहरु दिएर प्रोत्साहन गरिरहेको बताए । उनले यसमा सरकारले समेत नीतिनै बनाएर पत्रकारहरुलाई समयमा पारिश्रमीक दिन नसक्ने, लैगिंक मैत्री हुन नसक्ने मिडियाहरु बन्द गराउन सक्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य पवित्रा मुडभरीले पत्रकार महिलाहरुको हकहितका लागि सञ्चारिका समुह सँधै प्रतिबद्ध भएको बताईन् । कार्यक्रम सञ्चारिका समुह कर्णाली प्रदेशका अध्यक्ष सीता वलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबिच सञ्चारिका समुहले सुर्खेतका दुईवटा मिडिया हाउस समेत अवलोकन गरेको छ । सुर्खेतमा सञ्चालनमा रहेको काँक्रेबिहार दैनिक र जागरण एफएम सुर्खेतमा अवलोकन गरी जेसी नीति भए नभएको विषयमा छलफल समेत गरिएको हो ।

शनिबार, चैत्र १५, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१