सुर्खेत । राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशकाे दाेस्राे अधिवेशनलाई सम्बाेधन गर्दै कर्णाली प्रदेश सकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहले कर्णालीमा २९ प्रतिशत दलित समुदायको सामाजिक न्याय तथा आर्थिक सामाजिक हैसियतलाइ सम्बृद्धिमा रुपान्तर गर्न दलित समुदाय कहाँ जाने योजना बनाएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शाहले दलित पत्रकार संघ कर्णाली प्रदेश समितिले कार्यक्रम आयोजना गरि जनतामा माझ जान सजिलो गरेकोले कर्णाली प्रदेश सरकार दलित समुदायको पक्षमा रहेको र दलित समुदायको सामाजिक तथा आर्थिक हैसियत समृद्धिको योजना बनाउन अर्थमन्त्रालय तयार भएको बताएका छन् ।

कार्यक्रमा बिशिष्ट अतिथि कर्णाली प्रदेश सरकार पुर्व जलश्रोत तथा उर्जा विकास मन्त्री माननीय रनसिंह परियारले ६ बर्ष पछि कर्णालीका दलित समुदायले न्याय पाएको अनुभूति गर्न आफुले प्रदेश सभामा सरकारका माननीय मन्त्री माननीय सांसदहरु संग बहस छलफल तथा समन्वय र सहकार्य दलित सशक्तिकरण विधेयक पारित गर्न आफु निर्वाचित हुँदा नै पहल थालनी गरेको र सरकारको नेतृत्वमा हुदा माननीय पुर्व सामाजिक विकास मन्त्री वीर बहादुर शाही र बहाल मन्त्री माननीय घनश्याम भण्डारी र प्रदेश सचिव संग निरन्तर पहल गरेको बताए ।

पुर्वमन्त्री परियारले भने अव दलित समुदाय न्याय माग्न मुख्यमन्त्री कार्यालय अगाडी र सांसद भवन अगाडी आन्दोलन गर्न पर्दैन उहाँको जोड छ। प्रदेश सकारले दलित विधेयक पास गरेको यतिले पुग्दैन कार्यान्वयन पक्षमा यहाँहरुको प्रमुख भूमिका हुनुपर्छ ।

कर्णालीका भूई आवाजहरु समाचार बन्दैन र भूईमान्छेहरुलाइ मिडिया प्रथामिकिकरण हुदैन त्यसका लागि दलित पत्रकारहरु भुईतहमा पुग्नुपर्नेमा जोड दिए ।

अधिवेशनमा भेरीगंगा कार्यवाहक वीर बहादुर बस्नेत १० नं वडा अध्यक्ष अध्यक्ष प्रेम बहादुर सारु संघका केन्दिय अध्यक्ष बिनोद पहाडी उपाध्यक्ष टेकेन्द्र बिश्वकर्मा महासचिव लक्ष्मण दर्नाल कोषाध्यक्ष भिम विश्वकर्मा केन्दिय सदस्यहरु बसन्त वि.क, चिन्ता परियार, लुम्विनी प्रदेश अध्यक्ष टेक्न्द्र बस्याल, सचिव अनिल नेपाली प्रेस सेन्टरका केन्द्रिय उप महासचिव दिपेन्द्र शर्मा, पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसी, माओवादी केन्द्र कर्णाली प्रदेश सचिवालय सदस्य पौरख बि.क, सदस्य दानसिंह सुनार, भेरीगंगा अध्यक्ष श्याम परियार नेकपा एमाले भेरीगंगा सचिव भरत ढकाल, नेपाली काँग्रेसबाट धर्मराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा सभापति प्रदिप वलीको विशेष उपस्थिति रहेको थियो ।

यस्तै, राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्षमा सल्यानका भिम बहादुर परियार निर्वाचित भएका छन् ।

संघको यहि चैत ८ गते मार्च २१ को सन्दर्भ पारेर प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगंगा १० छिन्चुमा सम्मन्न भएको दोस्रो अधिवेशनबाट परियार अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

दोस्रो अधिवेशनबाट १७ सदस्यीय प्रदेश कार्य समिति निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा उपाध्यक्ष: यज्ञ बहादुर तिरुवा ( दैलेख), कर्ण विक (कालिकोट), सचिव: मालती विक ( सुर्खेत), सह-सचिव प्रेम सुनार ( सुर्खेत), कोषाध्यक्ष : तुलविर बैगार ( कोषाध्यक्ष) चयन भएका छन् ।

त्यसैगरी सदस्यमा जितबहादुर तिरुवा ( सुर्खेत), खेमराज सुनार ( सल्यान), हिमेन्द विक ( दैलेख), विबेन्द नेपाल ( जुम्ला), अंगराज परियार ( हुम्ला), पुर्ण सार्की ( डोल्पा), तेज विक ( जाजरकोट), भानुभक्त विक ( कालिकोट) निर्विराेध हुनुभएकाे छ ।

त्यस्तै, संघको प्रदेश समितिमा २ सदस्यहरु रुकुम पश्चिम र मुगु मनोनित गर्ने गरि अधिबेशनले निर्णय गरेकाे छ ।

शनिबार, चैत्र ०८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१