कालीकोट । जिल्ला सदरमुकामसमेत रहेको मान्म बजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गको छेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने मूल सडक भासिएको र आउतजाउत समेत बन्द भएको छ । भवन निर्माणको जिम्मा लिएको आरएनसिएस बिल्डर्सले पहिरो रोक्न लगाउनुपर्ने पर्खालका लागि सम्झौतामा उल्लेख नभएकाले आफूहरूले जे जति भत्के पनि पर्खाल लगाउन नसक्ने अडान लिएपछि मान्म बजार प्रवेश गर्न कठिन भएको छ । एक हप्ताअघि खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द हुँदा सहज बनाउनतर्फ कसैले चासो दिएका छैनन् । अति आवश्यक सवारीसाधन एम्बुलेन्स पनि ठप्प छ ।

धर्ती फाउन्डेसनले बिरामीको सहजताका लागि सञ्चालन गरेको एम्बुलेन्स बजारमै थुनिएको छ । निर्माण कम्पनी आरएनसिएस बिल्डर्सका प्रतिनिधि अलिबहादुर शाहीले भवन निर्माणको लागत प्रतिवेदनमा पर्खाल लगाउने उल्लेख नभएको बताए । पर्खाल लगाए मात्र बजारको सडक खुलाउन सकिने अवस्था छ ।

मंगलबार, चैत्र ०४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957