कालीकोट । जिल्ला सदरमुकामसमेत रहेको मान्म बजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गको छेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने मूल सडक भासिएको र आउतजाउत समेत बन्द भएको छ । भवन निर्माणको जिम्मा लिएको आरएनसिएस बिल्डर्सले पहिरो रोक्न लगाउनुपर्ने पर्खालका लागि सम्झौतामा उल्लेख नभएकाले आफूहरूले जे जति भत्के पनि पर्खाल लगाउन नसक्ने अडान लिएपछि मान्म बजार प्रवेश गर्न कठिन भएको छ । एक हप्ताअघि खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द हुँदा सहज बनाउनतर्फ कसैले चासो दिएका छैनन् । अति आवश्यक सवारीसाधन एम्बुलेन्स पनि ठप्प छ ।

धर्ती फाउन्डेसनले बिरामीको सहजताका लागि सञ्चालन गरेको एम्बुलेन्स बजारमै थुनिएको छ । निर्माण कम्पनी आरएनसिएस बिल्डर्सका प्रतिनिधि अलिबहादुर शाहीले भवन निर्माणको लागत प्रतिवेदनमा पर्खाल लगाउने उल्लेख नभएको बताए । पर्खाल लगाए मात्र बजारको सडक खुलाउन सकिने अवस्था छ ।

मंगलबार, चैत्र ०४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१