सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडिबाट हाम फाल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् ।

गएराति ११ बजेको समयमा वीरेन्द्रनगर १२ तिनकुनेचोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडिको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए ।

नेपाली रैबारलाई प्राप्त विषेश स्रोतका अनुसार उपाध्याय गाडिको पछाडि बसेका थिए । एक जना महिला सङ्ग विवाद भएपछि उनी हाम फालेका थिए । अहिले महिला प्रहरी नियन्त्रणमा छन् भने उनको नाम प्रहरीले गोप्य राखेको छ ।

यस्तै घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडि चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुसल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।

यता मृतकका आफन्तजनहरुले हत्या भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।

शुक्रबार, फाल्गुण ३०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१