ज्वाला अपडेट

१० महिना अगाडि

दैलेख । महाबु गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई चिसो मौसमबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ । महाबु गाउँपालिका वडा नं १ को आर्थिक सहयोग र अपाङ्गता सञ्जालको आयोजनामा औपचारिक कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउन र चिसोबाट बचाउन उक्त न्यानो कपडा हयोग गरिएको हो ।

अपाङ्गता सञ्जालका अध्यक्ष जगत सुनारको अध्यक्षता र वडा अध्यक्ष सर्वराज सार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक रूपमा विपन्न र चिसो मौसममा बढी जोखिममा पर्ने व्यक्तिहरूलाई प्राथमिकता दिइएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूले यो सहयोगले आफ्नो दैनिक जीवनमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । महाबु १ की डिलु सुनारले यस सहयोगका लागि खुसी व्यक्त गर्दै आभार प्रकट गरे । कार्यक्रममा वडा भित्रका १६ जना अति अशक्त र अति विपन्न अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएका छन् ।

वडा अध्यक्ष सर्वराज सार्कीले चिसो मौसमले अपाङ्गता भएका व्यक्तिहरूका लागि थप चुनौती ल्याउने भएकाले यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

यो कार्यक्रम वडा कार्यालयको आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत अपाङ्गता लक्षित बजेटबाट सञ्चालन गरिएको वडा सचिव हेमराज थापाले जानकारी दिए ।

बुधबार, पौष १७, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४