काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले बताए । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यस अघि प्रधानमन्त्री हुँदा यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे ।


अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुल भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले बताए । नेपालको भौगोलिक स्थितिले यस्ता कुरा रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताए ।

हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उनले बताए । त्यसलाई गृहमन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहनुभएको उनले सुनाए ।  प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले बताए । उनले गतवर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।

मंगलबार, साउन ०१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957