सुर्खेतमा नियम उलंघन गर्नेलाई बनाइयो ट्राफिक स्वयंमसेवक

सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट

ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई सुर्खेतका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ । मापसे गरी सवारी साधन चलाउने चालकहरुलाई नियम अनुसार कारबाही गर्दै बुधबारदेखि ट्राफिक स्वयंमसेवकका रुपमा खटाउन सुरु गरिएको हो ।

कारबाहीमा परेका चालकहरुलाई एक घण्टा स्वयंसेवकको रुपमा खटाईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायव निरिक्षक नारायण सिंह धामीका अनुसार ट्राफिक व्यवस्थापनको लागी ट्राफिक प्रहरीसंगै १९ जनालाई स्वयंसेवकको रुपमा खटाइएको छ ।

उनीहरुले ट्राफिक प्रहरीसँगै जेब्राक्रसमा पैदल यात्रुहरुलाई बाटोकाट्ने तरिका लगायत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदाँ हुनसक्ने दुर्घटना र ट्राफिक नियम सम्बन्धि सचेतना फैलाएका छन् ।

उता, विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो ।

बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् । शुक्रबार दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ । @nepalkarma @onlinekhabar

शुक्रबार, जेठ १८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957