सुर्खेत। प्राइम कमर्सियल बैंक लिमिटेड र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच शुक्रबार छुट सम्झौता भएको छ । वीरेन्द्रनगर ०४ सुर्खेतमा रहेको सुविधा सम्पन्न हस्पिटल र कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाका कर्जा अधिकृत खेमराज जैसीले जानकारी दिए ।

बैंकका कर्मचारी र ग्राहकहरुलाई कर्णाली केयर अस्पतालले प्याथोलोजी ल्याब, सिटी स्क्यान, X-RAY, USG, ECHO/ECG, इन्डोस्कोपी, जनरल बेड, ICU/NICU, Post Up, माइनर अपरेशन, एम्बुलेन्स, डेन्टल, फिजियोथेरापी लगायतका सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत छुट, नर्मल र डिलक्स क्याविन मा क्रमशः २० र ३० प्रतिशत छुट, मेजर अपरेशनमा १५ प्रतिशत छुट र होल बडी प्याकेजमा २५ देखि ३५ प्रतिशत सम्म छुट प्रदान गरिनेछ ।

सम्झौता पत्रमा बैङ्कका वीरेन्द्रनगर शाखाका शाखा प्रबन्धक लोकराज शर्मा र कर्णाली केयरको तर्फबाट अस्पतालका सञ्चालक दिपक कुमार गौतमविच हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा बैङ्कका तर्फबाट शाखा प्रबन्धक लोकराज शर्मा र कर्मचारीहरु खेमराज जैसी र टिकाराम न्यौपाने तथा अस्पतालका तर्फबाट अस्पतालका सञ्चालक दिपक कुमार गौतम, डँक्टर रुपक कडेल र कर्मचारी प्रशान्त चपाई को उपस्थित रहेको थियो ।

ग्राहकहरुले प्राईम कमर्सियल बैङ्कको मोबाईल बैङ्किङ एप्स, डेबिट कार्ड र क्रेडिट कार्ड बाट भुक्तानी गर्दा उक्त सुविधाहरु पाउनेछन भने यस बैङ्कका कर्मचारीहरुले आफ्नो परिचयपत्र देखाइ सुविधा प्राप्त गर्न सक्नेछन । हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

शुक्रबार, जेठ १८, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957