सुर्खेत, जेठ १५ । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या दिनानुदिन थपिदैं गएको छ । बिहिबार मात्र सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार थप आठ जनामा कोरोना पुष्टि भएर कर्णालीमा कुल संक्रमितको संख्या ४६ पुगेको हो ।

प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा दैलेखको नारायण नगरपालिका १ का २६ वर्षीय पुरुष, वडा नं. ३ का १९, ३०, ३६ र ४० वर्षीय पुरुष, वडा नं. ४ का २० वर्षीय महिला र एक वर्षीया बालक तथा वडा नं ५ का १७ वर्षाीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पताल दैलेखको सरस्वती माध्यमिक विद्यालय तर्तांगमा रहेको आइसोलेसन कक्षमा उपचार भईरहेको छ डा. तिवारीले जानकारी दिए ।

यसअघि दैलेखमा ८ जनामा कोरोना देखिइ सकेको थियो भने बुधबार मात्रै सुर्खेतमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

यसैविच अत्यावश्यक सामाग्रीका लागी भन्दै समय नै छुट्याएर पसल खोल्न दिएर लकडाउन फितलो बनाईको प्रति सुर्खेत उद्योग बाणिज्य संघलाई आरोप लगाईएको छ । देशभर संक्रमितको संख्यामा बृद्धि भईरहेको बेला भारतबाट आउनेको संख्यामा बृद्धि पनि भएको भन्दै स्थानियहरुले लकडाउनमा केहि कडाई हुनुपर्ने बताएका छन् ।

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957