बाँके । बाँकेको कोहलपुर नगरपालिका ३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व – पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा घाइते भएका हुन् ।

घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका ७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका ४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी ४ का ४७ वर्षीय प्रेम चदारा रहेका छन् ।

यस्तै गुलरिया बाह्रबर्दिया ९की २० वर्षीया अन्जु चौधरी, कोहलपुर १० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका ६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका ५ बस्‍ने २० वर्षीया सपना परियार घाइते भएकी छिन् ।

यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका २ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका ६ बस्‍ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका ५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका ३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर २ बस्‍ने २७ वर्षीयप्रदीप विक घाइते भएका छन् ।

उनीहरूमध्‍ये ७ जना सामान्य उपचार गरेर घर फर्किइसकेका छन् भने बाँकी ६ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यता, म्याजिक भ्यानलाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सोमबार, पौष ०२, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957