प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिने

 

प्रदेश खारेजीको माग राख्दै विराटनगरमा असोज २० गते शनिबार भोली प्रदर्शन गरिदैं छ । संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै मोटरसाइकल र्याली बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिएको छ ।

अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको बताए ।

संविधान अनुसार संघीयताको मर्म अब संघ र स्थानीय तहले कार्यन्वयन गर्नुपर्ने तर प्रदेश पूर्णत खारेज गरेर खर्च कटौती हुनुपर्ने तर्क गर्दै उनले राजनीतिक रुपमा सबै पार्टीमा आवद्ध भएका तर प्रदेशको जरुरी नदेखेकाहरुले यो अभियानमा सहभागिता जनाउनसक्ने बताए ।

व्यापारी भाग्न थालिसके, अर्थतन्त्र जोखिमउन्मुख भईसक्यो अब पनि नाटक मन्चन गर्ने प्रदेशको भर परेर बस्न उचित देखिएन । उनले संविधान जारी हुँदा समेत केहि चलखेल भएको बताउँदै जरुरी परे संशोधन गरेर सच्याउने गरिेको दवाव सिर्जना हुने दावी गरेका छन् । उनले हत्यामा संलग्नहरुलाई आममाफी दिएर कैद मिनाहा गर्ने संघीयता र राष्ट्रपति कार्यालयको समेत जरुरी सकिएको बताए ।

अभियानमा भादुडीसहित राजेन्द्र खनाल, सुनिल थापा मगर, उद्धव कार्की, अनिल कार्की, आभास अधिकारी र विकास भण्डारीले सक्रियता लिएका छन् । उनीहरुले करिब चार सय मोटरसाइकलसहित नगरपरिक्रमा गर्ने योजना लिएका छन् । कोशी प्रदेश सरकारले त्यहि दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

शुक्रबार, आश्विन १९, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१