सुर्खेत, जेठ १३ । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । अस्ती र हिजो सात जना नयाँ संक्रमित तथा आज विहान मात्रै १२ जना भेटिएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाँके नेपालगञ्जको प्रयोगशालामा पाँच जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो । यसैगरी सुब्बाकुना, घण्टाघर र बबईबाट लिइएका स्वाबमा कोरोनाको संक्रमण भएको पाइएको कर्णालीको प्रदेश अस्पतालका निर्देशक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । डाक्टर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताउएका छन् । यसैबीच कोरोना (कोभिड १९) संक्रमणको पुष्टि अबदेखि सुर्खेतबाटै हुन थालेको छ ।

यसअघि सुर्खेतस्थित प्रयोगशालामा कोरोना पोजिटिभ देखिएकाको नेपालगञ्ज पठाएर पुनःपरीक्षण गर्ने गरिएको थियो । तर अब भने कर्णाली प्रदेशमा गरिएको कोरोना परीक्षण नै अन्तिम परीक्षण भएको छ । नेपालमा संक्रमितको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

संक्रमितहरु वीरेन्द्रनगर १ का १६ वर्षका पुरुष, वीरेन्द्रनगर २ का ९, २०, ३२ र ३६ वर्षका पुरुष र ३२ वर्षकी महिला, वीरेन्द्रनगर ३ का ४६ वर्षका पुरुष, वीरेन्द्रनगर ६ का २६ वर्षका पुरुष, भेरीगंगा ८ का १६, १७ वर्षका पुरुष, सिम्ता ४का ३५ र ४९ वर्षका पुरुष रहेको डा. खड्काले जानकार दिए ।

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४