सुर्खेत । अब सुर्खेतमा रगत आबश्यक परे माेवाईल एप्सबाटै लिन दिन सकिने भएकाे छ ।

कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको KSD Blood App मार्फत सेवा शनिबार देखि पूर्णरुपमा अपडेट हुन शुरु भएको अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा ईन्टरनेटको सुविधा जोडिए सँगै ब्लड एपले पूर्णरुपमा अपडेट हुने भएको जानकारी दिए ।

“हामीले सुर्खेत जिल्लामा विरामीहरुका लागि चाहिने रगत पाउन सहज होस् भन्नका लागि यो एप्सको निर्माण र सञ्चालन गरेका थियौ तर पूर्णरुपमा अपडेट हुन नसकिरहेको अवस्थामा ब्लड बै‌ंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो जस्का लागि हामीले हाम्रो साझेदारी संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत समन्वयमा वर्ल्ड लिंकले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको हो ।” उनले भने ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एप्स मार्फत छिटोछरितो तरिका रक्तदाताहरुको डाटा खोज्न सहज हुने बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाश कुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तरिकाले रक्तदाताहरुसंग सम्पर्क गर्न सकिने बताए ।

एप डाउनलोड गर्न यो QR कोडलाई स्क्यान गर्न सक्नुहुनेछ ।

 

 

शनिबार, पौष ३०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१