सुर्खेत । सुनचाँदी ब्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्माले सबै सुनचाँदी ब्यसायीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

सुनचाँदी ब्यवसायी संघ उपशाखा मेहेलकुनाले आयाेजना गरेकाे भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा अध्यक्षले एकतामा नै अनेकता हुने भन्दै जिल्लास्थित सम्पुर्ण ब्यवसायीहरु एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।

अगाडीका कार्य समितीले गरेका कामकाे प्रशंसा गर्दै उनले आफ्नाे नेतृत्वकाे समितीले ब्यवसायिक हकहितका कार्यक्रम लागु गरेर सहजताकाे पहल गरिरहेकाे बताए ।

साथै, यसअघिका दिनकाे सुनकाे काेटामा राज्यकाे भागवण्डाले न्याय नदिएकाे भन्दै आगामी दिनमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा नै राष्ट्र बैंक मार्फत सुन आयातकाे ब्यवस्था मिलाउन आफू लागि परेकाे बताए ।

यस्तै, महासचिव माेहन सुनारले अब ब्यवसायीका हरेक समस्यामा संघले साथ दिने वचन दिएका छन् । एकअर्कामा मनमुटावकाे भावना नराखेर सबै जना मिले र जान सुझाव दिदैं सुनारले सबैले मेराे समस्या पर्दा आफ्नै हाे भनेर लाग्नुपर्नेमा जाेड दिए ।

यसैविच, कार्यक्रमका सभाध्यक्ष तथा मेहलकुना उपशाखा अध्यक्ष नर बहादुर सुनारले आफ्ना समस्यामा संघले पहलकदमी गर्ने आशा ब्यक्त गरे ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सुनचाँदी ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष ओम बहादुर बि.क, सचिव संजिव बराल, सह-काेषाध्यक्ष सुनिल रामदाम, लेखा समिति संयाेजक बखते सुनार र प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सदस्य तथा सुनचाँदी ब्यवसायी गाेविन्द बिश्कर्मा लगायत जहरे मेहलकुना र बाेटेचाैरका सुनचाँदी ब्यवसायीहरुकाे थियाे ।

शुक्रबार, पौष २९, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४