सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंककाे केयरमा आवद्ध भएको छ ।

बुधबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार बि.सीले स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गरी सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको राष्ट्रिय सहकारी बैंकका बरिष्ठ प्रबन्धक रामबाबु आचार्यले जानकारी दिए ।

स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि विभिन्न कार्य गर्ने गर्दछ ।

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।

स्तरीकरण कार्यक्रम केयर सम्झौतामा हस्ताक्षरपछि बोल्दै गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम कुमार बि.सीले सहकारीलाई सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरु निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रुपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताए ।

उनले स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट संस्थागत रुपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरु कार्यान्वयन गर्दै जादा संस्थालाई धेरै व्यवस्थित गराउन सहज हुने भएकोले पनि यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिए ।

गणेशजल बहुउद्देश्यीय सहकारी संस्थासंगै बैंकले संचालन गरेको स्तरीकरण कार्यक्रम केयरमा आवद्ध हुने संस्थाको संख्या सुर्खेतमा १० वटा पुगेको छ ।

शुक्रबार, भाद्र १०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१