सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो ।

नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू तीनैजना सुर्खेतका नागरिक हुन् । उनिहरूर्ला गएको विहिवार भारतबाट उद्वार गरि बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो ।

संक्रमण हुनेमा बराहताल गाउपालीका सुर्खेतका २ जना र चौकुने गाउपालीकाका १ जना गरी ३ जना रहेका छन् । संक्रमण पुष्टि भएका २२ वर्षकी महिला, २५ र ३२् वर्षका पुरूष हुन् ।

यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ  भने देशभर ५ सय ८४ जनामा संक्रमण दखिएको छ ।

शनिबार, जेठ १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४