सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमुलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने दर्ता शुल्कमा शतप्रतिशत छुट दिनेगरी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याईएको बताए ।

प्रदेशमा उद्योग व्यवसायीको आकर्षण र सहजताका लागि सरकारले र दर्ता शुल्कमा छुट गरेको शाहीको भनाई छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता विन्दमान विष्टले सार्वजनिक, निजि र सहकारी क्षेत्रसंग साझेदारीमा उपलब्ध श्रोत साधन उत्पादनशील क्षेत्रमा परिचालन गर्न लगानीमैत्री वातावरण सिर्जना गरी कर्णाली प्रदेशलाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य रहेको बताए ।

प्रवक्ता विष्टका अनुसार प्रदेश सरकारले शीघ्र प्रतिफल प्राप्त गर्ने र आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन तथा सडक, खानेपानी, सिंचाई, उर्जा लगायत भौतिक पुर्वाधार निर्माणमा तिव्रता दिने गरि बजेटको प्राथमिकतामा राखिएको छ ।

आइतबार, आषाढ ०५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957