सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमुलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने दर्ता शुल्कमा शतप्रतिशत छुट दिनेगरी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याईएको बताए ।

प्रदेशमा उद्योग व्यवसायीको आकर्षण र सहजताका लागि सरकारले र दर्ता शुल्कमा छुट गरेको शाहीको भनाई छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री एवं प्रवक्ता विन्दमान विष्टले सार्वजनिक, निजि र सहकारी क्षेत्रसंग साझेदारीमा उपलब्ध श्रोत साधन उत्पादनशील क्षेत्रमा परिचालन गर्न लगानीमैत्री वातावरण सिर्जना गरी कर्णाली प्रदेशलाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्ने उद्देश्य रहेको बताए ।

प्रवक्ता विष्टका अनुसार प्रदेश सरकारले शीघ्र प्रतिफल प्राप्त गर्ने र आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने अधुरा आयोजना कार्यान्वयन तथा सडक, खानेपानी, सिंचाई, उर्जा लगायत भौतिक पुर्वाधार निर्माणमा तिव्रता दिने गरि बजेटको प्राथमिकतामा राखिएको छ ।

आइतबार, आषाढ ०५, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१