सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मन्त्री विष्टले कूल बजेटमा प्रदेशले खर्च गर्ने चालूतर्फ रु. नौ अर्ब १६ करोड ९९ लाख १० हजार २८.११% र पूँजीगततर्फ रु. १९ अर्ब ४३ करोड ५ लाख २४ हजार ५९.५८% बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु. चार अर्ब एक करोड ५७ लाख २९ हजार अर्थात १२.३१% विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजश्वबाट रु. ७१ करोड २९ लाख ७४ हजार र चालू आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम रु. चार अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने रकम रु. नौ अर्ब २ करोड २० लाख र वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट रु. पाँच अर्ब ६९ करोड ६७ लाख परिचालन गर्ने मन्त्री विष्टले बताए ।

उनका अनुसार संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु. एक अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ रु. ६६ करोड ८० लाख परिचालन गरिनेछ ।

बुधबार, आषाढ ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१