सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए।

साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे। उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए ।

शुक्रबार, फाल्गुण २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८